स्थानीय बजारमा आइतबार सुनको मूल्य प्रतितोला दुई हजार दुई सय रूपैयाँले बढेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको मूल्य सूची अनुसार आइतबार सुन प्रतितोला दुई लाख ५८ हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको छ।
आइतबार चाँदीको मूल्य भने प्रतितोला ८० रूपैयाँले घटेको छ। शुक्रबार तीन हजार ९ सय पाँच रूपैयाँमा कारोबार भएको चाँदी आइतबार तीन हजार ८ सय २५ रूपैयाँमा कारोबार भइरहेको छ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ४ हजार तीन सय अमेरिकी डलरमा कारोबार भइरहेको छ।













