काठमाडौं । सोमबार सुनको भाउ तोलामा ७ सय रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ५२ हजार ९ सय रुपैयाँ तोकेको छ ।

पछिल्ला केही दिनयता सुनको भाउमा सामान्य घटबढ देखिएको छ ।
सोमबार चाँदी भने तोलामा २० रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला ३ हजार ६०५ रुपैयाँमा कारोबार भएको चाँदी आज ३ हजार ५८५ रुपैयाँमा कायम भएको छ ।













