स्थानीय बजारमा आइतबार सुनको मूल्य प्रतितोला दुई सय रूपैयाँले घटेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको मूल्य सूची अनुसार आइतबार सुन प्रतितोला दुई लाख ५२ हजार दुई सय रूपैयाँमा कारोबार भइरहेको छ।
आइतबार चाँदीको मूल्य प्रतितोला ५० रूपैयाँले बढेको छ। आइतबार चाँदी तीन हजार ६ सय ५ रूपैयाँमा कारोबार भइरहेको छ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ४ हजार एक सय ९७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।













