स्थानीय बजारमा बिहीबार सुनको मूल्य प्रतितोला नौ सय रूपैयाँले घटेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको मूल्य सूची अनुसार शुक्रबार सुन प्रतितोला दुई लाख ५२ हजार चार सय रूपैयाँमा कारोबार भइरहेको छ।
शुक्रबार चाँदीको मूल्य पनि प्रतितोला ७० रूपैयाँले घटेको छ। शुक्रबार चाँदीको मूल्य तीन हजार पाँच सय ५५ रूपैयाँमा कारोबार भइरहेको छ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ४ हजार दुई सय १५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।













