बुधबार सेयर बजार परिसूचक नेप्से घटेको छ।नेप्से परिसूचक १३.५२ अंकले घटेर २६३१.१७ विन्दुमा आइपुगेको हो। बजार घटे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ। यस दिन ५ अर्ब २३ करोड रूपैयाँको कारोबार भएको छ। बजार घट्दा पनि ५ कम्पनीमा सर्किट ब्रेक लागेको छ।
सागर डिष्टिलरी, मिथिल्ला लघुवित्त, झापा इनर्जी, स्वस्तिक लघुवित्त र श्री नगर एग्रिटेकको सेयर मूल्य १० प्रतिशत बढेर सर्किट ब्रेक लागेको हो। बुधबार कारोबारमा आएका समूहगत परिसूचकमध्ये फाइन्नास, होटल एन्ड टुरिजम, उत्पादनमूलक समूह र म्युचुअल फन्ड समूह बढेका छन्। अन्य समूहमा गिरावट देखिएको छ।

यसदिन सबैभन्दा बढी फाइन्नास समूह १.५९ प्रतिशतले बढेको छ। त्यस्तै, व्यापार समूह सबैभन्दा धेरै ०.३२ प्रतिशतले घटेको छ।













