काठमाडौं : सुशीला कार्की नेतृत्वको चुनावी सरकारमा सञ्चारमन्त्री सिफारिस भएका छन् । इमेज टेलिभिजनमा कार्यरत पत्रकार खरेललाई आज सो मन्त्रालयमा सिफारिस गरिएकाे हाे ।
उसो त, यसअघि सञ्चारमन्त्रीमा वरिष्ठ पत्रकार राजेन्द्र बानियाँको समेत चर्चा थियो । स्रोतका अनुसार बानियाँले जेनजी आन्दोलनको बलमा अहिलेको सरकार बनेको भन्दै जेनजी पुस्तालाई नै सहभागी गराउनु उपयुक्त हुने भन्दै मन्त्री प्रस्ताव अस्विकार गरेका थिए ।बानियाँले मन्त्री बन्न अनिच्छा देखाएपछि खरेललाई प्रस्ताव गरिएको स्रोतको दाबी छ ।

सञ्चारमन्त्रीमा दिलभुषण पाठकदेखि सुधीर शर्मा र पूर्व सञ्चार सचिवहरूको नाम पनि चर्चामा थियो ।लामो समय एमाले निकट रहेका दोलखाका खरेल दोलखाबाट राजनीति गर्ने भन्दै केही अघि नेपाली कांग्रेसमा आवद्द भएपनि पत्रकारितामै सक्रिय थिए ।
उसो त यसअघि सन्दुक रूइत र भगवान कोइरालाले पनि मन्त्री बन्न प्रधानमन्त्री सुशीला कार्कीले गरेको प्रस्ताव अस्विकार गरेका थिए ।
– हुलाक पोस्टबाट






