शुक्रबार सुनचाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ५ सय रुपैयाँ घटेको छ । आज सुन प्रतितोला २ लाख ९८ हजार ६ सय रुपैयाँ कायम भएको छ ।

चाँदीको भाउ आज तोलामा ३० रुपैयाँ घटेको छ । अघिल्लो दिन तोलामा ४ हजार ६५० रुपैयाँ रहेको चाँदी आज ४ हजार ६३० रुपैयाँ कायम भएको छ ।








