काठमाडौं : संगीतिक बजारमा गीतहरु धेरै भन्दा धेरै आउनेक्रम जारी रहेको छ । रिल चक्कामा भरेका गीतहरु क्यासेटमा बजाउने देखी आएर अहिले युट्युबमा गीत रिलिज गर्ने सम्मको समयमा आइपुग्दा सम्म पनि गीतहरु उत्तिकै मात्रामा बजारमा आइरहेका छन् ।
पहिला क्यासेटमा जस्तै अहिले पनि सदाबाहर देखी सिजन अनुसारका गीतहरु बजारमा आइरहेका छन् । दशै नजिकिँदै गर्दा दशैँ सम्बन्धी बिभिन्न भावमा रचिएका गीतहर बजारमा आइरहेका छन् । बुधबार मात्रै एउटा दशैको गीत सार्बजनिक भएको छ ।

गायक रविन गहतराजको प्रस्तुतिमा दशैं विषेश ‘सिरैमा आशिर्वाद’ बजारमा सार्वजनिक भएको छ।गीतमा पछिल्लो समयको लोकप्रिय गायक रविन गहतराज,लक्ष्मी परियार र क्रेजी जैरुको सुमधुर आवाज रहेको छ। गीतमा अर्जुन गहतराजको शब्द अनि रविन गहतराजको संगीत रहेको छ भने नारायण दंगालको एरेन्ज रहेको छ।
निर्देशक अर्जुन गहतराजको कथा र निर्देशन भिडियोमा रहेको छ भिडियोमा लक्ष्मी परियार र रविन गहतराजलगायत अन्य कलाकारहरुको उत्कृष्ट अभिनय भित्र म्युजिक भिडियो निर्माण भएको छ साथै भिडियोको छायांकन AJ Aju ले गरेका छन् भने सम्पादन तथा कलर नबिन बोहराले गरेका हुन्।
‘सिरैमा आशिर्वाद’ले दशैंको रमझमभन्दा पर, घरबाट टाढा रहेका नेपालीका आँसु, सम्झना र आफ्ना मान्छेको सिरमाथिको आशिर्वादलाई कथाका रूपमा प्रस्तुत गरेको छ।उक्त गीतको भिडियोGaubesi Mediaअफिसियल युटुब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।
हेर्नुस भिडियो……








