पत्रकार किशोर श्रेष्ठलाई उपस्थित गराउन सर्वाेच्च अदालतले आदेश दिएको छ ।पत्रकार श्रेष्ठकी श्रीमती सरस्वती श्रेष्ठले दायर गरेको बन्दी प्रत्यक्षीकरणसम्बन्धी मुद्दामा सुनुवाइ गर्दै सर्वाेच्चले श्रेष्ठलाई अदालतमा उपस्थित गराउन आदेश दिएको हो ।
सर्वाेच्च अदालतका न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले शुक्रबार बन्दी प्रत्यक्षीकरणसम्बन्धी मुद्दामा सुनुवाइ गर्दै घर तथा कार्यालयबाट जफत गरिएका सामानसहित आगामी भदौ १ गते अदालतमा उपस्थित गराउन आदेश दिएको छ।

समाचार प्रकाशनको विषयलाई लिएर प्रहरीले श्रेष्ठलाई बुधबार राति ललितपुरबाट पक्राउ गरेको थियो । उनको पक्राउपछि श्रेष्ठकी श्रीमतीले बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिट दायर गरेकी थिइन् ।








