चौतारा, सिन्धुपाल्चोक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सिन्धुपाल्चोकको जिल्ला सभापति पदका लागि कुमार श्रेष्ठले उम्मेदवारी गर्दै चुनावि मैदानमा छन् ।
उम्मेदवारी सार्वजनिक गर्दै श्रेष्ठले “सिन्धुपाल्चोकको समृद्धि, हाम्रो प्रतिबद्धता” भन्ने मूल नारासहित संगठनलाई थप सशक्त, पारदर्शी र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले पदलाई अवसर नभई जिम्मेवारीको यात्राका रूपमा लिने बताएका छन्।

उनको चुनावी प्रतिबद्धतामा विश्वास, पारदर्शिता र सक्षम नेतृत्वमार्फत बलियो संगठन निर्माण, समृद्ध सिन्धुपाल्चोकको आधार तयार गर्ने तथा पार्टीलाई जिल्लाभर अझ सक्रिय र जनमुखी बनाउने लक्ष्य समेटिएको छ।
प्रचार सामग्रीमा “तपाईंको अमूल्य मत र विश्वासको अपेक्षा” व्यक्त गर्दै रास्वपाको चुनाव चिह्न घण्टीमा मतदान गर्न आग्रह गरिएको छ।
रास्वपा सिन्धुपाल्चोकको जिल्ला अधिवेशनका क्रममा हुने नेतृत्व चयन प्रक्रियामा श्रेष्ठको उम्मेदवारीले जिल्ला संगठनमा नयाँ नेतृत्वको प्रतिस्पर्धालाई थप रोचक बनाएको छ।








