चर्चित नेपाली पर्वतारोही निर्मल पुर्जा ‘निम्सदाइ’को शव ब्रड पिक हिमालको करिब ५ हजार ७ सय मिटर उचाइमा फेला परेको छ ।
पाकिस्तानको अल्पाइन क्लब (एसीपी)का अनुसार हिमपहिरोमा परेर तीन दिनअघि बेपत्ता भएका निम्सदाइको शव आइतबार स्थलमार्गबाट पुगेको उद्धार टोलीले फेला पारेको हो ।

एसीपीले जारी गरेको विज्ञप्तिअनुसार उद्धार टोली निम्सदाइको शवसम्म पुगिसकेको छ । सोही स्थानमा थप तीन शव पनि देखिएको जनाइएको छ । ती शवहरूको पहिचान भने अझै खुलेको छैन । उद्धार टोलीले सबै शवलाई जापानी शिविर (जापान क्याम्प)सम्म ल्याउने तयारी गरिरहेको एसीपीले जनाएको छ ।








