शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ। यस दिन सुन प्रतितोला एक हजार रुपैयाँ र चाँदी प्रतितोला ५० रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुन प्रतितोला २ लाख ८५ हजार रुपैयाँ तोकेको छ

गत शुक्रबार सुनको भाउ २ लाख ८५ हजार ५ सय रुपैयाँ थियो । त्यस्तै आज चाँदीको भाउ ५० रुपैयाँ बढेसँगै प्रतितोला ४ हजार ३६० रुपैयाँ कायम भएको छ ।








