चिकित्सकहरुले आज अस्पतालहरुमा ओपीडी सेवा बन्द गर्दा सर्वसाधारण उपचारबाट वञ्चित भएका छन् । स्वास्थ्य जाँचका लागि अस्पताल पुगेका बिरामी र तिनका आफन्त ओपीडी टिकट नपाएर अलपत्र परेका हुन् ।
नारायणी अस्पताल वीरगञ्जमा डा. प्रमोद राममाथि कुटपिट भएको घटनाको विरोधमा आज चिकित्सक तथा स्वास्थ्यकर्मीहरु आन्दोलनमा छन् । उनीहरुले देशभर आकस्मिक बाहेकका सेवा बन्द गरेका छन्।

वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, सिभिल अस्पताल जस्ता ठूला सरकारी अस्पतालहरुमा आज ओपीडीमा बिरामी जाँच भएको छैन ।
ओपीडी टिकट लिने ठाउँमा सेवा बन्दको सूचना टाँसिएको छ । स्वास्थ्य जस्तो अत्यावश्यक क्षेत्रमा सेवा बन्द हुँदा सर्वसाधारण मर्कामा परेका छन् ।








