मंगलबार सुनको मूल्य तोलामा ४ हजार ३ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ८४ हजार २ सय रुपैयाँ तोकेको छ ।
चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १३५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ४४५ रुपैयाँ रहेको चाँदी आज ४ हजार ३१० रुपैयाँ कायम भएको छ ।

महासंघले सार्वजनिक गरेको पछिल्लो मूल्यसूचीअनुसार मंगलबार सुन र चाँदी दुवैको भाउमा कमी आएको हो।








