सोमबार सुनको मूल्य प्रतितोला १ हजार ४ सय रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ८८ हजार ५ सय रुपैयाँ तोकेको छ ।एक सातादेखि नै सुनको मूल्य बढ्ने क्रम जारी छ ।

चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ३५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ४१० रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ४४५ रुपैयाँ कायम भएको छ ।








