राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने चीन भ्रमणमा जाने भएको छ । चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणमा उनी चीन भ्रमणमा जाने भएका हुन् । परराष्ट्र मन्त्रालयका एक सहसचिवका अनुसार सभापति लामिछानेको भ्रमण पार्टीगत हो । तर त्यसमा परराष्ट्र मन्त्रालयले पनि समन्वय गरिरहेको उनको भनाइ छ ।
भ्रमण साउनमा हुने कि भदौमा भन्नेबारे अन्तिम टुंगो लाग्न बाँकी छ । दुवैतर्फको समन्वयमा मिति तय हुने बताउँदै उनले त्यसमा पनि मिति सरकारी तहबाट भन्दा पार्टी तहबाट हुने बताए । भारतबाट फर्के लगतै सभापति लामिछानेलाई चीन भ्रमणको निम्तो आएको थियो ।

सोही निम्तो अनुसार उनी चीन भ्रमण जान लागेको बताइएको छ ।








