नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका लागि थप ६ दिन हिरासतमा राख्न विशेष अदालतले अनुमति दिएको छ ।विशेष अदालतका न्यायाधीश हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले बिहीबार तेस्रो पटक म्याद थप गर्दै उनलाई थप ६ दिन हिरासतमा राख्न अनुमति दिएको हो ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले म्याद थपका लागि बिहीबार अदालतमा पेस गरेको थियो । विभागले पौडेललाई असार ८ गते सुर्खेतबाट पक्राउ गरेको थियो ।

यसअघि विशेष अदालतले असार ९ गते पहिलो पटक ७ दिन र असार १५ गते दोस्रो पटक ३ दिन हिरासतमा राख्न अनुमति दिएको थियो । पछिल्लो आदेशसँगै उनीमाथिको अनुसन्धानका लागि हिरासत अवधि थपिएको छ ।पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको विभागले जनाएको छ ।








