सिन्धुपाल्चोक — मेलम्ची नगरपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि १ अर्ब ६५ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ।
नगरपालिकाले सार्वजनिक गरेको बजेटमा विकास निर्माण, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन तथा पूर्वाधार विकासलाई उच्च प्राथमिकतामा राखिएको जनाएको छ। स्थानीय नागरिकको जीवनस्तर सुधार, दिगो विकास तथा गुणस्तरीय सार्वजनिक सेवा प्रवाहलाई केन्द्रमा राखेर बजेट तर्जुमा गरिएको नगरपालिकाको भनाइ छ।

बजेटमार्फत सडक, खानेपानी, सिंचाइ, विद्यालय तथा स्वास्थ्य संस्थाको स्तरोन्नति, कृषि उत्पादन वृद्धि, पर्यटन प्रवर्द्धन र रोजगारी सिर्जना गर्ने कार्यक्रमलाई विशेष प्राथमिकता दिइएको छ।
नगरपालिकाले आगामी आर्थिक वर्षमा समावेशी, दिगो र परिणाममुखी विकासलाई लक्ष्य बनाउँदै बजेट कार्यान्वयनमा प्रभावकारिता र पारदर्शितालाई विशेष ध्यान दिने जनाएको छ।








