धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले बृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४४ दशमलव ५९ अङ्कले उकालो लागेर दुई हजार ६५२ दशमलव ९३ मा पुगेको छ ।
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पाँच दशमलव ७७ अङ्कले उकालो लागेर ४५८ दशमलव ५७ मा पुगेको छ । कूल ३६२ कम्पनीको ९५ लाख ४७ हजार ६७८ कित्ता शेयर रु तीन अर्ब ८६ करोड ११ लाख ८३ हजार चार सय १० मूल्यमा खरिद बिक्री भएको छ ।

आज सबै उपसमूहको शेयर मूल्यमा वृद्धि भएको छ । कारोबारका आधारमा लक्ष्मी सनराइज बैंक शीर्ष स्थानमा छ ।








