धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २४ दशमलव ६३ अंकले ओरालो लागेर दुई हजार ६०८ दशमलव ३३ मा सीमित भएको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक तीन दशमलव शून्य चार अंकले ओरालो लागेर ४५२ दशमलव ७९ अंकमा सीमित भएको छ ।

कुल ३६५ कम्पनीको ८७ लाख ३७ हजार ३९२ कित्ता शेयर तीन अर्ब २५ करोड ८७ लाख ५८ हजार १४ मूल्यमा खरिद बिक्री भएको छ ।








