म्याग्दीका स्वतन्त्र सांसद महावीर पुन मन्त्री बन्ने लगभग पक्का भएको छ ।प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार पुनलाई विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री बनाउने तयारी छ ।
यसबारे पुनसँग जिज्ञास राख्दा यस विषयमा आफूले जानकारी नपाएको प्रतिक्रिया दिएका छन् ।

‘मन्त्री बनाउने विषयमा मलाई कुनै जानकारी छैन । कसैले फोन पनि गरेको छैन ।’पुनको माग बमोजिम सरकारले विज्ञान, प्रविधि, अनुसन्धान र नवप्रवर्तनका लागि बजेट समेत विनियोजन गरेको छ ।








