सिन्धुपाल्चोक । राष्ट्रिय स्वतन्त्र पार्टी सिन्धुपाल्चोक जिल्ला अधिवेशनअन्तर्गत क्षेत्र नं. १ को सभापतिमा उमेश लामा निर्विरोध निर्वाचित हुनुभएको छ।
अधिवेशनमार्फत नेतृत्व चयन प्रक्रिया सम्पन्न हुँदा अन्य प्रतिस्पर्धी नउठेपछि लामा सर्वसम्मत रूपमा सभापति चयन हुनुभएको हो। उहाँको नेतृत्वमा संगठनलाई थप सुदृढ, सक्रिय र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

नवनिर्वाचित सभापति उमेश लामा ले पार्टी संगठन विस्तार, स्थानीय तहमा जनसम्पर्क मजबुत बनाउने तथा आगामी राजनीतिक गतिविधिहरूलाई व्यवस्थित रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
स्थानीय स्तरका नेताहरू तथा कार्यकर्ताहरूले लामाको निर्विरोध निर्वाचनलाई स्वागत गर्दै क्षेत्रीय संगठन थप सशक्त हुने विश्वास व्यक्त गरेका छन्।








