नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले पदभार ग्रहण गरेका छन् ।बिहीबार महासंघको केन्द्रीय कार्यलयमा आयोजित एक कार्यक्रममा उनले पदभार ग्रहण गरेका हुन् । उनलाई निवर्तमान अध्यक्ष चन्द्र ढकालले पद हस्तान्तरण गरेका छन् ।
श्रेष्ठले मुलुकको आर्थिक गतिविधि सुस्त बनेको अवस्थामा निजी क्षेत्रलाई उत्साहित बनाउने नीति आवश्यक रहेको उल्लेख गर्दै उत्पादन, रोजगारी र निर्यात प्रवर्द्धनमा महासंघले प्राथमिकता दिने बताए ।







