सिन्धुपाल्चोक जिल्लाको शान्ति–सुरक्षा व्यवस्थापनमा प्रहरी प्रमुख एसपी काजी कुमार आचार्यले उच्च प्राथमिकता दिएका छन्। जिल्लामा अपराध नियन्त्रणलाई प्रभावकारी बनाउन उनी कडाइका साथ अघि बढिरहेका छन्।
नागरिकको सुरक्षामा कुनै पनि हालतमा सम्झौता नगर्ने स्पष्ट नीति अपनाउँदै एसपी आचार्यले आफ्नो मातहतका सुरक्षा निकायको मनोबल समेत उच्च बनाएका छन्। उनले आपराधिक गतिविधिलाई निस्तेज पार्न सक्रिय रूपमा रणनीति लागू गर्दै निगरानी र कारबाही दुवै पक्षलाई सशक्त बनाएका छन्।

उनको नेतृत्वमा भइरहेको यस पहलले जिल्लामा शान्तिपूर्ण वातावरण कायम गर्न मद्दत पुग्ने विश्वास गरिएको छ। यसले व्यवसाय सञ्चालन र सर्वसाधारणको दैनिक जीवनलाई सहज र सुरक्षित बनाउने अपेक्षा गरिएको छ।
एसपी आचार्यले आपराधिक गतिविधिमा संलग्न जो–कोहीलाई पनि कानुनी दायरामा ल्याएर कठोर कारबाही गरिने चेतावनी दिएका छन्।






