काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले मसाज सेन्टरको नाममा अवैध क्रियाकलाप र यौनजन्य गतिविधिमा संलग्न रहेको आरोपमा २५८ जना व्यक्तिहरूलाई पक्राउ गरेको छ। उपत्यकाका विभिन्न क्षेत्रमा रहेका मसाज सेन्टरहरूमा छापा मारी ठूलो संख्यामा पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्काले बताए ।
मसाजको आडमा अनैतिक र अवैध क्रियाकलापमा संलग्न रहेको उजुरीको आधारमा अनुसन्धान गरी उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरूमाथि आवश्यक कानुनी कारबाहीका लागि थप अनुसन्धान भइरहेको एसएसपी खड्काले बताए ।














