साताको अन्तिम कारोबार दिन शुक्रबार शेयरबजार परिसूचक नेप्से झिनो अंकले बढेर बन्द भएको छ । अघिल्लो दिन १७.०१ अंकले घट्दै २ हजार ७८७.१५ अंकमा झरेको नेप्से सूचक आज १.५४ अंकले बढेर २ हजार ७८८.७० अंकमा उक्लिएको हो ।
यस दिन कारोबारमा समेत केही सुधार हुँदै ५ अर्ब २७ करोड ३ लाख ९९ हजार रुपैयाँबराबरको १ करोड २१ लाख ७४ हजार कित्ता शेयर दोस्रो बजारमा किनबेच भएको नेप्सेले जनाएको छ ।

आज बैंकिङ, डेभलपमेन्ट बैंक, होटल तथा पर्यटन, हाइड्रोपावर, म्यानु एन्ड प्रो र ट्रेडिङ समूहको उपसूचक धनात्मक भएका छन् भने बाँकी सातवटा उपसूचक ऋणात्मक भएका छन् ।








