शेयरबजार परिसूचक नेप्से आज पनि ओरालो लागेको छ । अघिल्लो दिन २.९५ अंकले घटेको सूचक आज थप १७.०१ अंकले घट्दै २ हजार ७८७.१५ अंकमा झरेको हो ।
उसो त यस दिन कारोबार समेत घटेर ५ अर्ब ९ करोड ५९ हजारमा सीमित हुन पुगेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले जनाएको छ । आज म्यानु एन्ड प्रो, म्युचुअल फन्ड र ट्रेडिङ समूहको उपसूचक झिनो प्रतिशतले बढेका छन् भने बाँकी १० वटा उपसूचक ऋणात्मक भएका छन् । २१६ कम्पनीको शेयर मूल्य बढ्दा आज ४६ कम्पनीको मूल्य बढेको छ ।














