काठमाडौं – पछिल्लो समय सार्वजनिक भएको ‘मत पलास’ गीत केवल संगीतमा मात्र सीमित छैन, यसको दृश्य प्रस्तुतिले पनि दर्शकको ध्यान तानेको छ। विशेषगरी निर्देशक निरेन श्रेष्ठको कामले गीतलाई नयाँ उचाइमा पुर्याएको देखिन्छ।
श्रेष्ठले भिडियोमार्फत नेपाली ग्रामीण जीवन, संस्कृति र भावनालाई सूक्ष्म ढंगले प्रस्तुत गरेका छन्। परम्परागत पहिरन, गाउँघरको परिवेश र जीवनशैलीलाई कलात्मक रूपमा संयोजन गर्दै उनले दृश्य–कथनलाई प्रभावशाली बनाएका छन्। यसले गीतको भावनालाई अझ गहिरो बनाएको छ।

गीतमा गायक घमेश दुलाल र गायिका रिता कुलुको स्वर रहेको छ भने शब्द सीता दुलाल ढकालले लेखेकी हुन्। संगीत संयोजन सुफिक्स मदनले गरेका छन्। तर, यी सबै पक्षलाई एउटै फ्रेममा बाँधेर सशक्त प्रस्तुति दिनु निर्देशक श्रेष्ठको विशेषता बनेको छ।
भिडियोमा कलाकार पुकार थापा, बिना राउत र दिपेन्द्र सोनामको अभिनयलाई पनि श्रेष्ठले सन्तुलित रूपमा प्रस्तुत गरेका छन्, जसले कथालाई जीवन्तता दिएको छ। छायांकनसँगको समन्वयले दृश्यलाई अझ आकर्षक बनाएको देखिन्छ।
युट्युबमार्फत सार्वजनिक भएको ‘मत पलास’ दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ।
हेर्नुहोस् भिडियो:






