शेयरबजार परिसूचक नेप्से लगातार दुई दिनको उच्च गिरावट पछि मंगलबार १९ अंकले सुधारिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार आज नेप्से सूचक १९.७० अंकले बढ्दै २ हजार ८५१.०९ अंकमा उक्लिएको हो ।
अघिल्ला दुई कारोबार दिन आइतबार र सोमबार क्रमशः ७१ अंक र ४७ अंकले नेप्से घटेको थियो ।

उसो त नेप्से सूचकमा केही सुधार आएपनि आज कारोबार भने घटेको छ । नेप्सेका अनुसार आज ११ अर्ब ११ करोड २४ लाख रुपैयाँ बराबरको २ करोड ७९ लाख ४२ हजार रुपैयाँ बराबरको शेयर दोस्रो बजारमा कारोबार भएको छ ।








