बुधबार नेप्से परिसूचक उच्च अंकले घटेको छ। नेप्से ४६.७८ अंकले घटेर २७९६.५७ विन्दुमा बन्द भएको छ।नेप्सेसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ। मंगलबार २१ अर्ब रूपैयाँको कारोबार भएकोमा बुधबार १३ अर्ब १८ करोड रूपैयाँमा पुगेको छ।
यसदिन ३२९ वटा धितोपत्रको तीन करोड ६० लाख ४९ हजार ४५१ कित्ता सेयर किनबेच भएको हो। बुधबार ३४ कम्पनीको सेयर मूल्य बढेको छ भने २२५ वटाको घटेको छ। यस्तै, तीन कम्पनी स्थिर छन्।














