दिपक कार्की, सिन्धुपाल्चोक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सिन्धुपाल्चोक क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति उमेश लामा ले फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य उपनिर्वाचनमा पार्टीका उम्मेदवार भरत प्रसाद पराजुली लाई विजयी बनाउन महत्वपूर्ण भूमिका खेलेका छन्।
लामा चुनाव प्रचारप्रसार समिति संयोजकको जिम्मेवारीमा रहेर निर्वाचन अभियानलाई प्रभावकारी रूपमा सञ्चालन गरेका थिए। चुनावी अभियानका क्रममा उनले गाउँ–गाउँ पुगेर मतदाता भेटघाट, कार्यकर्ता परिचालन तथा प्रचारप्रसारलाई तीव्र बनाएका थिए। यसले चुनावी माहोल निर्माण गर्न रास्वपालाई ठूलो सहयोग पुगेको बताइन्छ।

उमेश लामा सुरुवाती चरणदेखि नै राष्ट्रिय स्वतन्त्र पार्टीको संगठन विस्तारमा सक्रिय रूपमा संलग्न रहँदै आएका नेता हुन्। पार्टी निर्माणदेखि जनस्तरमा संगठन बलियो बनाउन उनले निरन्तर काम गर्दै आएका छन्।
पार्टी सभापति रवि लामिछाने माथि राजनीतिक प्रतिशोध भएको भन्दै आयोजित विरोध कार्यक्रममा सहभागी हुँदा उनी केही समयका लागि पक्राउ परेर जेलसमेत परेका थिए। त्यस घटनापछि पनि उनले पार्टीप्रति आफ्नो प्रतिबद्धता अझ मजबुत बनाउँदै संगठन र आन्दोलनमा सक्रियता देखाएका थिए।
फागुन २१ को निर्वाचनमा भरत प्रसाद पराजुलीलाई जिताउनु रास्वपाका लागि ठूलो चुनौतीका रूपमा हेरिएको थियो। तर उमेश लामाको नेतृत्वमा सञ्चालन गरिएको प्रचार अभियान र कार्यकर्ता परिचालनका कारण अन्ततः पराजुली विजयी हुन सफल भएका हुन्।












