नेपाल वायुसेवा निगमले काठमाडौं दुबई विशेष उडान गर्ने भएकाे छ । निगमले मंगलबार एक सूचना जारी गर्दै काठमाडौं दुबई विशेष उडान सुरु गर्न लागेकाे जानकारी दिएकाे हाे ।
निगमकाे RA229 जहाज ११ मार्चमा काठमाडाैंबाट-दुबई प्रस्थान गर्ने र RA230 जहाज १२ मार्चमा दबईबाट-काठमाडाैं आउने तालिका रहेकाे जनाएकाे छ ।

‘२८ फेब्रुअरीदेखि ०९ मार्च २०२६ सम्म टिकट लिई यात्रा गर्न असमर्थ रहेका यात्रुहरुले ११ मार्च २०२६ को दिन यात्रा गर्न इच्छुक भएमा तल दिइएको इमेल ठेगानामा टिकट पठाई निगमबाट टिकट पुनः प्रमाणिकरण गराई प्रमाणित टिकट अनुसार तथा निगमको सूचना समेतलाई आधार मानी यात्रा गर्नुहुन अनुरोध गरिन्छ । निगमबाट टिकट पुनः प्रमाणिकरण गरिएका यात्रुहरु मात्र विमानस्थल जानु हुनका लागि समेत अनुरोध गरिन्छ’, सूचनामा भनिएकाे छ ।
पहिलेदेखि रोकिनु भएका यात्रुलाई पहिले आउनेले पहिले पाउने आधारमा टिकट उपलब्ध गराईने पनि निगमले सूचनामा उल्लेख गरेकाे छ ।













