मंगलबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ। नेप्से ३८.५२ अंकले बढेर २७१२.४९ विन्दुमा बन्द भएको छ।नेप्सेसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ।
आइतबार ५ अर्ब ६४ करोड रूपैयाँको कारोबार भएकोमा मंगलबार ६ अर्ब २३ करोड रूपैयाँमा पुगेको छ। यसदिन ३२४ वटा धितोपत्रको एक करोड १४ लाख ५५ हजार ४२९ कित्ता सेयर किनबेच भएको हो।

मंगलबार २३६ कम्पनीको सेयरमूल्य बढेको छ भने २४ वटाको घटेको छ। यस्तै, दुई कम्पनी स्थिर छन्।








