बुधबार नेप्से परिसूचक झिनो अंकले घटेको छ।नेप्से १.६४ अंकले घटेर २६८१.५० विन्दुमा बन्द भएको छ।नेप्सेसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ। मंगलबार आठ अर्ब ६३ करोड रूपैयाँको कारोबार भएकोमा मंगलबार सात अर्ब ४९ करोड रूपैयाँ पुगेको छ।
यसदिन ३२६ वटा धितोपत्रको एक करोड ६६ लाख ८२ हजार ६२६ कित्ता सेयर किनबेच भएको हो।बुधबार ११३ कम्पनीको सेयरमूल्य बढेको छ भने १३४ वटाको घटेको छ। यस्तै, १३ कम्पनी स्थिर छन्।














