नेपाली बजारमा आज (सोमबार) पनि सुनचाँदीको मूल्य घटेको छ। आइतबार सुन प्रतितोला ३ लाख रूपैयाँमा कारोबार भएको थियो। आज प्रतितोला २ लाख ८६ हजार ६०० रूपैयाँ पुगेको छ।
सोमबार चाँदीको मूल्यमा पनि उच्च गिरावट आएको छ।आइतबार तोलामा ५ हजार ५ सय रूपैयाँमा कारोबार भएको चाँदी सोमबार ५ हजार २ सय रूपैयाँमा कारोबार भइरहेको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला तीन सय पाँच रूपैयाँ घटेको हो।अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार ६ सय ७३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।






