सिन्धुपाल्चोक । २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा सिन्धुपाल्चोक–१ मा राजनीतिक सरगर्मी बढेको छ। गठबन्धन बिना हुन लागेको चुनावमा प्रमुख दल र नयाँ राजनीतिक शक्तिबीच कडा प्रतिस्पर्धा देखिएको छ।
यस क्षेत्रमा नेकपाबाट माधव सापकोटा, नेकपा एमालेबाट सरेश नेपाल, नेपाली कांग्रेसबाट जंगबहादुर लामा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट भरतप्रसाद पराजुली र राप्रपाबाट राममणि न्यौपाने चुनावी मैदानमा छन्। साथै १५ दल र तीन स्वतन्त्र उम्मेदवारले पनि प्रतिस्पर्धा गरिरहेका छन्।

२०७९ को निर्वाचनमा नेकपाका सापकोटाले एमालेका नेपाललाई ३ हजार ३५६ मतान्तरले पराजित गरेका थिए। यसपटक दलहरूबीच गठबन्धन नहुँदा नतिजा अनिश्चित देखिएको छ।
उम्मेदवारहरू आ–आफ्ना उपलब्धि, विकास एजेन्डा र संगठन सुदृढीकरणका आधारमा मतदातालाई आकर्षित गर्ने प्रयासमा छन्। विश्लेषकहरूका अनुसार गठबन्धन विहीन यो निर्वाचनले सिन्धुपाल्चोक–१ को राजनीतिक नतिजालाई थप रोचक बनाएको छ।






