सताको अन्तिम कारोबार दिन अर्थात् बिहीबार नेप्से परिसूचक घटेर बन्द भएको छ।नेप्से १७.३५ अंकले घटेर २७१४.०५ विन्दुमा बन्द भएको छ।नेप्से घटेपनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ।
बुधबार ११ अर्ब ४९ करोड रकमको कारोबार भएकोमा बिहीबार १४ अर्ब ५६ करोड पुगेको छ। यसदिन ३२० वटा धितोपत्रको तीन करोड ५४ लाख ७७ हजार ९३९ कित्ता सेयर किनबेच भएको हो।

बिहीबार ८५ कम्पनीको सेयरमूल्य बढेको छ भने १७० वटाको घटेको छ। यस्तै, पाँच कम्पनी स्थिर छन्।






