मंगलबार नेप्से परिसूचक उच्च अंकले घटेको छ।आज नेप्से ४२.५८ अंकले घटेर २७२६.५१ विन्दुमा बन्द भएको छ।कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ। सोमबार १६ अर्ब ३५ करोड रकमको कारोबार भएकोमा मंगलबार १४ अर्ब १६ करोडमा झरेको छ।
यसदिन ३३३ वटा धितोपत्रको तीन करोड दुई लाख ६२ हजार ७१० कित्ता सेयर किनबेच भएको हो।मंगलबार ३४ कम्पनीको सेयरमूल्य बढेको छ भने २२४ वटाको घटेको छ। यस्तै, दुई कम्पनी स्थिर छन्।

यसदिन सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर मूल्य सर्वाधिक ८.५६ प्रतिशतले बढेको छ।













