आसन्न प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा राजनीतिक गतिविधि तीव्र बनेको छ। यही क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सिन्धुपाल्चोक–१ का प्रतिनिधिसभा उम्मेदवार भरत प्रसाद पराजुलीले पार्टीका अग्रणी नेता बालेन्द्र शाह (बालेन) सँग विशेष भेटवार्ता गरेका छन्।
पराजुलीका अनुसार भेटमा सिन्धुपाल्चोक–१ को दीर्घकालीन विकास, पूर्वाधार, शिक्षा, स्वास्थ्य तथा स्थानीय रोजगारीका विषयमा छलफल भएको छ। स्थानीय आवश्यकतालाई राष्ट्रिय नीतिसँग जोड्ने विषयमा पनि साझा समझदारी बनेको उनले बताएका छन्।

राजनीतिक विश्लेषकहरूले यो भेटलाई निर्वाचनको सन्दर्भमा अर्थपूर्ण संकेतका रूपमा हेरेका छन्। यसले सिन्धुपाल्चोक–१ मा पराजुलीको सक्रियता र वैकल्पिक राजनीतिक शक्तिप्रति स्थानीय भरोसा बढ्दै गएको संकेत गरेको छ।






