देशभरि चुनावी माहोल बढेसँगै सेयर बजारमा उत्साह आएको छ ।आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा देश होमिएपछि सेयर बजार सूचकमा उच्च अंकको सुधार देखिएको हो ।गत साताभरि करिब ७० अंकले बढेको नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक यो साता पहिलो दिन आइतबार नै साढे ५७ अंकले बढेको हो ।
आइतबार कारोबार सुरु भएदेखि निरन्तर बढेको नेप्से बन्द हुँदासम्म कायम रह्यो । कारोबार सुरु हुँदा २७१४.६१ अंकमा रहेको नेप्से बन्द हुँदा ५७.५५ अंकले बढेर २७७२.१७ अंकमा पुगेको छ ।

आइतबार नेप्सेमा कारोबार भएका २ सय ४० कम्पनीको सेयर मूल्य बढेपछि समग्र बजार सूचक सकारात्मक भएको नेप्सेले जनाएको छ । सेन्सेटिभ इन्डेक्स समेत ८.०५ अंकले बढेको छ ।













