नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टी अध्यक्ष केपी शर्मा ओलीले सञ्चारमाध्यममा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्। अध्यक्ष ओलीले केही सञ्चारमाध्यमसँग कुरा गर्दै योगेश भट्टराई, सुरेन्द्र पाण्डे र विन्दा पाण्डेले चुनाव जित्ने आधार नदेखिएकाले यसपटक टिकट नदिइएको बताएका थिए। ओलीको उक्त भनाइको जवाफ दिँदै भट्टराईले आफू अध्यक्षको कुराबाट चिन्तित र दुःखी भएको बताए।
‘कसैले पनि जितको ग्यारेन्टीसहित लिखित कागज गरेर टिकट लगेको होला भन्ने मलाई विश्वास छैन,’ भट्टराईले लेखेका छन्। अध्यक्ष ओलीले अर्का नेता गोकुल बास्कोटाले टिकट नपाउनुको कारण कार्यकर्ता पंक्तिमा विभाजन गराएको भन्ने दाबी समेत गरेका थिए।














