नक्कली राइफलदेखि पेस्तोलसम्म बोकेर हिँड्ने २ जना कोटेश्वरबाट पक्राउ परेका छन् ।प्रहरी वृत्त सातदोबाटोबाट खटिएको टोलीले नक्कली हतियारसहित शनिबार राति दुई जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा झापा घर भई काठमाडौं महानगरपालिका ३२ कोटेश्वरमा डेरा गरी बस्ने २८ वर्षीय किरण घिमिरे र अछाम घर भई काठमाडौं जडीबुटी बस्ने कुमार लोहार रहेका छन् ।

उनीहरूको साथबाट प्रहरीले थ्री नट थ्री राइफल जस्तो देखिने डमी लामो हतियार १ थान, कटुवा पेस्तोल जस्तो देखिने डमी सानो हतियार २ थान, खुकुरी जस्तो फलामले बनेको हतियार २ थान र मोटरसाइकल १ थान सहित पक्राउ गरेको हो ।






