नेपाली बजारमा आज (आइतबार) सुनचाँदीको मूल्य बढेको छ। लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो।यसअघि शुक्रबार पनि सुन हालसम्मकै उच्च विन्दुमा पुगेको थियो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख तीन हजार आठ सय रूपैयाँ पुगेको छ।
आइतबार चाँदीको मूल्य पनि हालसम्मकै उच्च विन्दुमा पुगेको छ। चाँदी आइतबार ६ हजार चार सय ८० रूपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला दुई सय ९० रूपैयाँ बढेको हो।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ४ हजार नौ सय ८९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।






