नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य बढेको छ भने चाँदी घटेको छ।शुक्रबार प्रतितोला सात सय रूपैयाँ बढेको सुनको भाउ आइतबार प्रतितोला ६ सय रूपैयाँ बढेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ७७ हजार आठ सय रूपैयाँ पुगेको छ।
आइतबार चाँदीको मूल्य भने घटेको छ। चाँदी आइतबार पाँच हजार ६ सय २५ रूपैयाँमा कारोबार भइरहेको छ।यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २० रूपैयाँ घटेको हो।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ४ हजार पाँच सय ९७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।






