नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचकमा मंगलबार सामान्य सुधार आएको छ । सोमबार ५ अंकले घटेको नेप्से परिसूचक मंगलबार सोही अनुपातमा बढेको हो ।मंगलबार कारोबार सुरु हुँदा करिब २० अंक बढेको नेप्से मध्यसमयमा सामान्य अंकले घटेको थियो । तर, कारोबार बन्द हुँदा नेप्से ४.९० अंकले बढेर २६३९.९१ पुगेको छ ।







