बुधबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ।नेप्से १३.३५ अंकले घटेर २६३५.९४ विन्दुमा बन्द भएको हो। बुधबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ।
अघिल्लो कारोबार दिन सात अर्ब १२ करोड रूपैयाँको सेयर कारोबार भएकोमा यसदिन उक्त रकम घटेर पाँच अर्ब १७ करोड रूपैयाँमा सीमित भएको छ।

यसदिन ३२३ वटा धितोपत्रको एक करोड ६ लाख ३३ हजार ७१७ कित्ता सेयर किनबेच भएको हो।
बुधबार ६२ कम्पनीको सेयरमूल्य बढेको छ भने १८७ वटाको घटेको छ। यस्तै, १० कम्पनी स्थिर छन्।













