मंगलबार पनि नेप्से परिसूचक बढेको छ।नेप्से ९.९३ अंकले बढेर २६४९.३० विन्दुमा बन्द भएको हो। मंगलबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ।
अघिल्लो कारोबार दिन ६ अर्ब ४७ करोड रूपैयाँको सेयर कारोबार भएकोमा यसदिन उक्त रकम बढेर सात अर्ब १२ करोड रूपैयाँ पुगेको छ।यसदिन ३३४ वटा धितोपत्रको एक करोड ४८ लाख ३१ हजार २४८ कित्ता सेयर किनबेच भएको हो।

मंगलबार १४८ कम्पनीको सेयरमूल्य बढेको छ भने १०३ वटाको घटेको छ। यस्तै, आठ कम्पनी स्थिर छन्।













