साताको अन्तिम कारोबार दिन अर्थात् बिहीबार नेप्से परिसूचक १२.८३ अंकले घटेको छ।नेप्से ०.४८ प्रतिशतले घटेर २६२०.९२ विन्दुमा बन्द भएको हो। बिहीबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ।
अघिल्लो कारोबार दिन पाँच अर्ब १३ करोड रूपैयाँको सेयर कारोबार भएकोमा यस दिन उक्त रकम घटेर चार अर्ब ७१ करोड रूपैयाँमा झरेको छ।यसदिन ३३६ वटा धितोपत्रको एक करोड एक लाख ५३ हजार २२६ कित्ता सेयर किनबेच भएको हो।

बिहीबार ६३ कम्पनीको सेयरमूल्य बढेको छ भने १८९ वटाको घटेको छ। यस्तै, आठ कम्पनी स्थिर छन्।












