आइतबार ४७ अंकमाथिले नेप्से सूचक बढ्दै २ हजार ६३३ अंकमाथि उक्लिएको थियो । तर, आज पुनः नेप्से १०.५३ अंकले घट्दै २ हजार ६२२ अंकमा झर्न पुगेको छ ।
आज १० अंकमाथिले नेप्से घटेको बजारमा ४ अर्ब ७७ करोड ४७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । बैंकिङ र म्युचुअल फन्डमा दुईवटा उपसूचकबाहेक अरु ११ वटा उपसूचक ऋणात्मक भएका छन्, जम्मा ८५ वटा कम्पनीको शेयर मूल्य बढ्दा आज १६५ कम्पनीको मूल्य घटेको छ ।







