वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ७२ अर्ब २८ करोड मूल्यको पेट्रोलियम पदार्थको आयात भएको छ ।वीरगञ्ज भन्सार कार्यालयले पाँच थरिका पेट्रोलियम पदार्थको आयातबाट मात्र सो अवधिमा ३० अर्ब २५ करोड रुपैयाँ राजस्व संकलन गरेको छ ।
वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकृत उदयसिंह विष्टले चालु आवको पाँच महिनामा पेट्रोलियम पदार्थको आयात बढेसँगै राजस्वमा पनि वृद्धि भएको बताए ।गत आर्थिक वर्षको पाँच महिनाको तुलनामा चालु आवको सोही अवधिमा भने ६.४२ प्रतिशत अर्थात एक अर्ब ८३ करोड रुपैयाँ बढी राजस्व संकलन भएको हो ।

चालु आवको पाँच महिनामा वीरगञ्ज हुँदै ३५ अर्ब ३१ करोड मूल्यको डिजेलको आयात भयो ।त्यसैगरी १७ करोड ३६ लाख मूल्यको पेट्रोल र १२ अर्ब १७ करोड रुपैयाँको एलपी ग्यासको पनि आयात भएको छ । त्यस्तै सात अर्ब २५ करोड रुपैयाँको एटीएफ र १९ करोड रुपैयाँको मट्टितेल आयात भएको छ ।













